प्रमुख समाचार

जेष्ठ नागरिकलाई सम्मान गर्दै वृद्धभत्ता मासिक ५ हजार पुर्‍याइन्छ : उपप्रधानमन्त्री पोखरेल

इकागज |
फागुन १, २०७७ शनिबार २०:४० बजे

फाइल तस्बिर

ओखलढुंगा : उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले अघिल्लो निर्वाचनमा गरेको वाचाअनुसार वृद्धभत्ता मासिक ५ हजार पुर्‍याइने बताएका छन् । नेकपा (ओली समूह)ले शनिबार ओखलढुंगामा गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले जेष्ठ नागरिकलाई सम्मान गर्दै अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धभत्ता मासिक पाँच हजार रुपैयाँ पु¥याउने तयारीमा सरकार रहेको बताएका हुन् । 

पार्टीभित्रको एउटा समूहले विरोध जनाएका कारण गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी सम्भव नभएको उनको भनाइ थियो । काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको पोखरेलले बताए । 


उनले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताए । सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उनले जिकिर गरे ।
 


Author

थप समाचार
x