आजदेखि दोस्रो प्राथमिकतामा परेकालाई कोभिडविरुद्धको खोप लगाइने
फाइल तस्बिर
काठमाडौँ : आज (आइतबार) देखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्था र बैंकका कर्मचारीलाई खोप लगाइने छ । त्यस्तै काठमाडौँ बाहिर क्रियाशील पत्रकार तथा पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप लगाइने छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया