अर्काे वर्ष आर्थिक वृद्धि १० प्रतिशत हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वृद्धि दर आगामी आर्थिक वर्षमा वृद्धि हुने दाबी गरेका छन् । आज सोमबार सरकारको तीन वर्षको प्रगती सार्वजनिक गर्दै ओलीले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि १० प्रतिशत पुग्ने दाबी गरेका हुन् ।
‘गएको तीन वर्षको औसत आर्थिक वृद्धि साढे पाँच प्रतिशत भयो’ उनले भने, ‘ अर्को वर्ष १० प्रतिशत आर्थिक वृद्धि हुने देखिएको छ । सरकार सम्हाल्दा अर्थतन्त्र ध्वस्त थियो । एक वर्षमै लय समात्न सरकार सफल भयो । एक वर्षमा सात प्रतिशत आर्थिक वृद्धि भयो ।’ उनले ७ वटै प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशत रहेको पनि बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया