प्रमुख समाचार

यसरी गरियो खुलामञ्‍च खाली (फोटोफिचर)

इकागज |
फागुन ५, २०७७ बुधबार १०:४० बजे

काठमाडौँ : काठमाडौँको खुलामञ्च खाली गराइएको छ । खुलामञ्च अतिक्रमण गरेर बसेका मानिसलाई हटाउनुका साथै अवैध रुपमा बनाइएका संरचना पनि डोजर लगाएर भत्काइएको छ ।


खुलामञ्च छेउमा चिनियाँ कम्पनीले आफ्नो सामान राख्‍न बनाएको संरचना भने बाँकी छ । त्यो केही समयपछि हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । खुलामञ्च अतिक्रमण गरेर बसेकाहरुलाई हटाउन थालेपछि त्यहा बसेकाहरु आफ्नो सामान बोकेर बाहिरिएका छन् । 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार खुलामञ्चमा रहेका संरचना हटाएपछि अब कार्यक्रम गर्न मिल्ने गरी खुलामञ्च खाली भएको छ । खुलामञ्चको मञ्च यसअघि जस्तै गरी कार्यक्रम गर्न मिल्ने भएको छ ।

नयाँ विकल्प नभएकाले बसपार्क भने खुलामञ्चकै छेउमा छ । यसअघि अतिक्रमित खुलामञ्च कार पार्किङमा परिणत भएको थियो । तर अब खाली गराएपछि खुलामञ्चमा कार्यक्रम गर्न मिल्ने गरी बनाइएको उनले बताए । एक हप्तामा थप सरसफाई गरेर खुलामञ्च पहिलेकै स्वरुपमा सञ्चालन गरिने सापकोटाले बताए ।

 


Author

थप समाचार
x