प्रमुख समाचार

गुल्मीमा भएको जीप दुर्घटनामा तीनको मृत्यु

इकागज |
फागुन ५, २०७७ बुधवार २१:१२ बजे

बुटवल : गुल्मीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।तम्घासबाट बुधवार बेलुका पराल्मीतर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका-१४ ठूलो पधेरामा दुर्घटना भएको हो ।

दुर्घटनामा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलले जनाएको छ  ।
 
दुर्घटनामा एक जनाको घटनास्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ६ जनामध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको पाल्पामा उपचार भैरहेको प्रदेश ट्राफिक कार्यलय प्रमुख डम्मर वहादुर विकले जानकारी दिए । । ११ जना सवार मध्ये २ जना सामान्य छन् ।  दुर्घटनामा परेको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।



Author

थप समाचार
x