प्रमुख समाचार

श्रीमती हुँदाहुँदै अर्कैसँग प्रेम सम्बन्धमा रहेका खत्री हराएको १७ औँ दिनमा मृत फेला

इकागज |
फागुन ६, २०७७ बिहीबार ८:२ बजे

नेपालगञ्‍ज : बाँकेको राप्ती सोनारी गाउँपालिका-२ खोरियाका हेमराज खत्री हराएको सत्रौँ दिनमा मृत फेला परेका छन् । माघ १४ गतेदेखि सम्पर्क बिहिन भएका खत्रीकी श्रीमती कल्पना ओलीलगायतको परिवार खत्रीको खोजीमा थिए ।

राप्ती सोनारी गाउँपालिका-५ बिनौनास्थित टडुवाको जंगलमा हेमराजको शव फेला परेको हो । टडुवा गाउँका स्थानीय महिलाहरु घाँस काट्न जंगल गएका बेला बेवारिसे मोटरसाइकल देखेपछि नजिकैको प्रहरीमा खबर गरेका थिए । प्रहरी पुगेर मोटरसाइकल स्थल वरिपरि खोजेपछि खत्रीको शव नजिकै फेला परेको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुले जानकारी दिए ।


श्रीमान सम्पर्कविहिन भएकै दिनदेखि उनको खोजीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा श्रीमती कमलाले निवेदन दिएकी थिइन् । श्रीमान जानसक्ने सम्भावित ठाउँहरु आफु र आफन्तसँग खोजी गर्दागर्दै थाकेकी कल्पना श्रीमान भेटाउने आशामा थिइन् तर, कल्पनाले कल्पनै नगरेको घटना घट्यो ।

हराएको १७ औं दिनमा हेमराजको शव भेटिएपछि उनको परिवार स्तब्ध छ । श्रीमानको खोजीका लागि प्रहरी प्रशासनले बेवास्ता गरेको भन्दै उनले माघ २८ गते नेपालगन्जमा पत्रकार सम्मेलन गरेकी थिइन् । ७ वर्षीय छोरा सुजनसहित पत्रकार माझ उपस्थित भई कल्पनाले प्रहरीले सहयोग नगरेको बताएकी थिइन् ।

परिवार श्रोतका अनुसार, मृतक हेमराज बिबाहित भएता पनि उनकै अर्कै एक युवतीसँग प्रेम सम्बन्ध थियो । उनकै मिलेमतोमा हत्या भएको आशंका परिवारको छ । माघ १४ गते कुखुराको औषधि लिन नेपालगन्ज हिँडेका हेमराज सोही दिनदेखि सम्पर्क विहीन बनेका थिए । खोरियामा कचना पोल्ट्री फर्म खोलेर कुखुरा ब्यवसाय गर्दै आएका हेमराजको शव भेटिएको केही दिन अगाडी नै मृत्यु भएको अनुमान गरिएको छ । 
 


Author

थप समाचार
x