प्रमुख समाचार

फागुन २३ बाट दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप अभियान

इकागज |
फागुन ६, २०७७ बिहीबार १५:४५ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले फागुन २३ गतेबाट कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु हुने बताएका छन् । भारतसँग खरिद गर्न लागिएको कोभिडविरुद्धको खोप दुई साताभित्र नेपाल आइपुग्ने बताउँदै उनले यसबारे जानकारी दिएका हुन् ।  

बिहीवार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले खोप खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढीसकेकाले २ साताभित्र खोप नेपाल आइपुग्ने जानकारी दिए । उनले खोप खरिदका लागि भारतको सेरम इन्स्टिच्युटलाई अग्रिम रकम बुझाइसकेको पनि बताए ।  


मन्त्रालयले सेरम कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको हो । खोप नेपाल आएपछि २३ गतेबाट दोस्रो चरणको खोप अभियान सुरु हुनेछ ।  दोस्रो चरणमा ६० वर्ष माथिकालाई खोप दिइनेछ । यसअघि अस्पताल र खोप केन्द्रबाट खोप लगाइने गरिएकोमा अब समुदायमा गएर खोप लगाइने मन्त्री त्रिपाठीले बताए । 


Author

थप समाचार
x