प्रमुख समाचार

बारपाकमा एकै घरमा सुतेका तीन मृत भेटिए

इकागज |
फागुन १०, २०७७ सोमबार १३:२ बजे

सांकेतिक तस्बिर

गोरखा : एउटै घरमा सुतेका तीन जना मृतावस्थामा भेटिएका छन् ।  बारापाक सुलिकोट गाउँपालिका-१ बारपाकस्थित धाँमी तोराङमा गएराति एउटै घरमा सुतेका एक पुरुष र दुई महिला  मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार मृतावस्थामा भेटिनेमा ८४ वर्षीय दिलबहादुर गुरुङ, उहाँकी बुहारी २२ वर्षीया आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी (छोरीकी छोरी) उषा गुरुङ रहेका छन्  । आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि सँगैको छिमेकीले भित्र गएर हेर्दा तीनै जना मृतावस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


अहिले इलाका प्रहरी कार्यालय जौवारीका प्रहरी निरीक्षक ईश्वर लौडारीको नेतृत्वको टोली घटनास्थलतर्फ पठाइएको उपरीक्षक गुरुङले जानकारी दिए । घटनास्थलमा पुगेर थप अनुसन्धान नगरेसम्म घटनाका बारेमा थप केही बताउन नसक्ने उनको भनाइ छ । रासस


Author

थप समाचार
x