प्रमुख समाचार

रोनाल्डोको दुई गोलमा युभेन्टसको शानदार जित

इकागज |
फागुन ११, २०७७ मंगलबार ६:२८ बजे

काठमाडौँ : क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि सीरी ए फुटबलमा युभेन्ट्सले शानदार जित हात पारेको छ । सोमबार राती भएको खेलमा युभेन्टसले क्रोटोनलाई ३-० गोलको फराकिलो अन्तरले हराउँदै शानदार जित हात पारेको हो ।

युभेन्टसको जितमा रोनाल्डोले ३८ र ४५ औँ मिनेटमा गोल गरे । एक गोल भने म्याक्निनले ६६ औँ मिनेटमा गरे । जितसँगै युभेन्टस २२ खेलबाट ४५ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको इन्टर मिलान ५३ अंकसहित शीर्ष स्थानमा छ भने एसी मिलान ४९ अंकसहित लिगको दोस्रो स्थानमा छ ।


समान खेलबाट रोमा भने ४४ अंकसहित चौथो स्थानमा छ । क्रोटोन भने पुछारमा छ । 


Author

थप समाचार
x