प्रमुख समाचार

प्रयोगशालाहरूको लापरवाहीले संक्रमितले बिमा भुक्तानी पाएनन् : मन्त्रालय

इकागज |
फागुन ११, २०७७ मंगलबार १७:५७ बजे

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ परीक्षण गर्ने प्रयोगशालाहरूको लापरवाहीले संक्रमितले समयमा बिमा भुक्तानी नपाएको बताएको छ । 

‘प्रयोगशालाहरुले नेशनल टेस्टिङ गाइडलाइनले तोकेको ढाँचामा २४ घण्टाभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउनुपर्नेमा नपठाएको’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
यसबाट बिमित व्यक्तिहरूलाई पर्न जाने कठिनाइप्रति सम्बन्धित प्रयोगशाला जिम्मेवार हुने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरणहरू उपलब्ध नभएमा  कोभिड बिमा दाबी प्रमाणीकरणका लागि अयोग्य ठहरिने मन्त्रालयले बताएको छ । 


तोकिएको समयभित्र ढाँचा र विवरण नपठाउनेहरूलाई नियमअनुसार कारबाही गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ ।


Author

थप समाचार
x