प्रमुख समाचार

स्वास्थ्यले सच्‍यायो कोभिड-१९ बाट मृत्यु हुनेको तथ्यांक

इकागज |
फागुन १२, २०७७ बुधबार १९:३६ बजे

काठमाडौँ  : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को संक्रमणबाट निधन हुनेको सङ्ख्या सच्‍याएको छ । मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा कोभिडबाट मृत्यु हुनेको तथ्यांक फरक-फरक थियो । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले भएको निधनमा ६१८ जना थप गरिएको बताए ।  

योसँगै अहिलेसम्म निधन भएकाको सङ्ख्या दुई हजार ६८४ जना पुगेका छन् । मंगलबार दुई हजार ६५ जना रहेका थिए । मन्त्रालयले निधन भएका संक्रमितको तथ्यांक विश्लेषण गर्दा ६१८ जना थपिएका हुन् । 


उनले मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को तथ्यांक विश्लेषण गर्दा ६१८ जना थपिएका जानकारी दिए । “सिसिएमसीले सङ्क्रमणबाट निधन भएका व्यक्तिको घरमा पुगेर पनि शव व्यवस्थापन गरेको थियो”, उनले भने, “सिसिएमसीले प्रस्तुत गरेको तथ्यांकमा निधन भएकाको सङ्ख्या बढेकाले सच्याइएको हो ।” संक्रमणबाट निधन भएका संख्या मन्त्रालय र सिसिएमसीको फरक परेकाले समिति गठन गरिएको थियो । 

सोही समितिले कोभिड-१९ बाट निधन भएका कुन हुने र कुन होइन भनेर अध्ययनका आधारमा निधन भएका नयाँ सङ्ख्याको निकालिएको हो । उनले विश्लेषणका आधारमा भविष्यमा पनि निधन सङ्ख्या थपघट हुनसक्ने बताए । नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार ७६० जना संक्रमित, दुई लाख ७० हजार १३९ जना निको भएर घर फर्किसकेका छन् । (रासस)
 


Author

थप समाचार
x