प्रमुख समाचार

कीर्ते गरेर एक करोड १७ लाख हिनामिना गर्ने लेखा अधिकृत परियार पक्राउ

इकागज |
फागुन १३, २०७७ बिहीबार १५:१२ बजे

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले  १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ अपचलन गरेको आरोपमा मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे परियारलाई पक्राउ गरेको छ । 

काठमाडौं तारकेश्‍वर नगरपालिका-६ बस्‍ने चितवन भरतपुर नगरपालिका-११ घर लेखा अधिकृत ५७ वर्षीय परियारलाई बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लेखा अधिकृत परियारको संलग्‍नतामा राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय भरतपुर चितवनको भौचर, छाप र कर्मचारीहरूको दस्तखत किर्ते गरी १ करोड १७ लाख २४ हजार ५ सय ३८ रुपैयाँ अपचलन गरेको प्रारम्भिक अनुसान्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ । 


परियारलाई तारकेश्‍वर नगरपालिका-६ मा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।


Author

थप समाचार
x