प्रमुख समाचार

५० हजार घूस लिने सशस्त्र प्रहरीका दुई अधिकृत अख्तियारको फन्दामा

इकागज |
फागुन १३, २०७७ बिहीबार १५:३७ बजे

काठमाडौँ : सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा-३ तोण्डिहवा, रुपन्देहीका कार्यालय प्रमुख र अर्का एक अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घूससहित नियन्त्रणमा लिएको छ । 

कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई  अख्तियारको कार्यालय, बुटवलबाट खटिएको टोलीले ५० घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


निरीक्षक पौडेल र नायब निरीक्षक पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्‍चालनमा सहजीकरण गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा खटिएको टोलीले घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको प्रवक्ता रिजालले जारी गरेको विज्ञप्तिमा उल्‍लेख छ । उनीहरूलाई रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ३ लोण्डिहवा स्थित एस.एन. सव इन्टरप्राइजेज प्रा.लि. अगाडिबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
 


Author

थप समाचार
x