‘बी’ डिभिजन लिग : विनोदको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी
काठमाडौँ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत विनोद राईको ह्याट्रिक मद्दतमा ब्वाइज युनियन विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
ब्वाइज युनियनको जितमा टङ्कबहादुर स्याङ्तानको थप एक गोल रहेको थियो । खेलको २६औँ मिनेटमा कप्तान स्याङ्तानले पहिलो गोल गरेका थिए । दोस्रो हाफमा राईले ब्वाइजका लागि खेलको ६४औँ मिनेटमा दोस्रो गोल गर्नुभयो । उनलाई खेललाई २-० को अवस्थामा पुर्याए । यस्तै खेलको ८५औँ मिनेटमा राईले नै आफ्नो टोलीका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा उहाँले नै ह्याट्रिक गोल गर्दै ब्वाइजलाई ४-० गोल अन्तरले विजयी दिलाए ।
जीतसँगै ब्वाइज लिगको चौथो स्थानमा उक्लिएको छ । ब्वाइजले ७ खेलमा ११ अङ्क जोडेको छ । झम्सिखेलको ७ खेलमा ६ अङ्क छ भने उ लिगको नवौँ स्थानमा छ । लिगमा बिहीबार भएको अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले नयाँबस्ती युवा क्लबलाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया