प्रमुख समाचार

केही बेरमा मन्त्रिपरिषद् बैठक, आगामी रणनीति तय गरिने

इकागज |
फागुन १४, २०७७ शुक्रबार १७:११ बजे

फाइल तस्बिर

काठमाडौँ  :  संसद पुनस्थापनापछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक केहिबेरमा बस्दैछ । संसद् विघटन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई सर्वाेच्च अदालतले बदर गरिदिएपछिको परिस्थितीलाई कसरी सामना गर्ने भन्‍ने विषयमा बैठक केन्द्रीत रहने एक मन्त्रीले बताए । ति मन्त्रीका अनुसार बैठकमा यसबाहेक नियमित मन्त्रालयगत कार्यतालिका पनि छ ।  

प्रधानमन्त्रीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर फर्केपछि शुक्रबारलाई मन्त्रिपरिषद्को बैठक तय भएको हो । प्रधानमन्त्रीले आफू निकटका सांसदहरुसँग अब कसरी अगाडि बढ्ने भन्‍ने विषयमा शुक्रबार नै छलफल गरेका थिए । उक्त छलफलमा अदालतको आदेश पालना गर्दै प्रतिनिधि सभा बैठक फागुन २३ गतेभित्रै बोलाउने र संसदमै आफू प्रस्तुत हुने निर्णय भएको छ ।  


‘सडकमा रहेका नेकपा दाहाल-नेपाल समूहले केके गर्न सक्छन् भन्‍ने विषयमा हरेक मन्त्रीको धारणा लिएर प्रधानमन्त्री अगाडि बढ्न लाग्नु भएको छ’ एक मन्त्रीले भने ।प्रधानमन्त्रीले अनौपचारिक रुपमा केही मन्त्रीहरुसँग पटक-पटक छलफल गरिरहेका छन्  । 


Author

थप समाचार
x