प्रमुख समाचार

पत्रकार खशोग्जीको हत्या योजना साउदीका युवराज मोहम्मदले बनाए : अमेरिका

इकागज |
फागुन १५, २०७७ शनिबार १५:१५ बजे

काठमाडौँ : साउदी अरबका युवराज सलमान बिन मोहम्मदले निर्वासनमा रहेका साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्ने योजनामा बनाएको दाबी अमेरिकाले गरेको छ । अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा हत्या योजना युवराज मोहम्मदले बनाएको उल्लेख छ । गुप्तचर निकायको रिपोर्ट सार्वजनिक गर्दै राष्ट्रपति जो वाइडन प्रशासनले साउदी अरबका युवराजले नै खशोग्जीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको प्रष्ट्याएको छ ।
 
साउदी युवराज नै संलग्‍न रहेर पत्रकार खशोग्जीको हत्या गरेको अमेरिकाले पहिलो पटक नाम नै किटान गरेर आरोप लगाएको हो । यद्यपि अमेरिकाले पहिलेदेखि नै साउदी पत्रकारको हत्याको बारेमा विभिन्‍न धारणा बाहिर ल्याउँदै दरबार निकट व्यक्तिलाई लक्षीत गर्दै आएको थियो । खशोग्जीको हत्या टर्कीको स्तनबुलमा सन २०१८ मा भएको हो ।
 
साउदी वाणिज्य दूतावासभित्र उनको हत्या भएको थियो । स्तनबुलमा रहन आवश्यक पर्ने कागजपत्र मिलाउन वाणिज्य दूतावास जाँदा त्यही उनको हत्या भएको हो । लामो समयदेखि उनले साउदी सरकारको आलोचना गरेका समाचार लेख्दै आएका थिए । खशोग्जी हत्या प्रकरणको त्यतीबेला विश्‍वभर विरोध भएको थियो । हत्या भएको सवत्र आलोचना भएपछि साउदीको अदालतले हत्यामा संलग्‍न पाच जनालाई फाँसीको सजाय सुनाएको थियो । तर गत वर्ष सेप्टेम्बरमा उनीहरूको फाँसीको सजायलाई २० वर्ष कैदमा परिणत गरिदिएको छ । 

साउदीका युवराज सलमानले खशोग्जीको हत्या गर्ने आदेश आफूले नदिएको भन्दै अमरिकी दाबीलाई मिथ्या आरोप भन्दै आएका छन् । साउदीले पत्रकार खशोग्जी हत्यामा साउदीकै एक एजेन्ट सहभागी भएको दाबी गर्दै आएको छ । पत्रकार खशोग्जीलाई सुरक्षित तवरले साउदी नै ल्याउने भनिएको तर एजेन्टले हत्या नै गरेको भन्दै आएको छ, साउदी सरकारले पहिले देखि नै ।
 



Author

थप समाचार
x