प्रमुख समाचार

नेकपाको कुन समूहलाई सहयोग गर्ने भन्‍ने निर्णय पार्टीले गरेको छैन : महामन्त्री कोइराला

इकागज |
फागुन १५, २०७७ शनिबार २०:५५ बजे

फाइल तस्बिर

हेटौडा  : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब संसद्‍मा नेकपाको कुन समूहलाई सहयोग गर्ने भन्‍नेबारे धारणा अहिलेसम्म नबनाएको बताएका छन् । रेडियो मकवानपुरको शनिबार हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको बताए । 

उनले भने, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड-माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्‍मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।” 


महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए । पहिला नेकपा कानुनी रूपमा विभाजित भएपछि मात्रै पार्टीले कसलाई सहयोग गर्ने भन्‍ने धारणा बनाउने उनले बताए ।  (रासस
 


Author

थप समाचार
x