प्रमुख समाचार

पार्कको शिलान्यास र पुलको उद्घाटन गर्न ओली झापा आउँदै

लीलावल्लभ घिमिरे |
फागुन १६, २०७७ आइतबार ८:१७ बजे

फाइल तस्बिर

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा जिल्लामा आफ्नो निर्वाचन क्षेत्र केन्द्रित विभिन्‍न विकासे योजनाको सिलान्यास र उद्घाटनका लागि आइतबार झापा आउँदैछन् । आज बिहानको पहिलो उडानबाट भद्रपुर विमान स्थलमा आउन लागेका ओली दिन भर उद्घाटन र शिलान्यासमा व्यस्त भएर साँझ काठमाडौँ फर्कने कार्यतालिका छ । 

विमानवाट भद्रपुर विमानस्थलमा अवतरण भइ दिनभर झापाका विभिन्‍न कार्यक्रममा सहभागी भइ प्रधामन्त्री आजै फर्कने कार्यक्रम रहेको प्रदेश १ का प्रहरी प्रमुख इश्‍वरबाबु कार्कीले इकागजलाई वताए ।  प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा बन्‍न लागेको ‘चाइना नेपाल मैत्री पार्क’ शिलान्यास गर्दै छन् । २ हजार २ सय विघा क्षेत्रमा निर्माण हुन लागेको यो औद्योगीक पार्क नेपालकै नमुना हुने दाबी गरिएको छ । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा क्षेत्रमा यो र्पाकको निर्माण हुन लागेको हो । 


यसैगरी, प्रधानमन्त्री ओलीले आजै दमक र इमालको चुलाचुलीमा पर्ने रतुवा खोलामा निर्माण भएको पुलको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ । चुरे फेदीवाट निर्माणाधिन मदन भण्डारी राजर्मागअन्तगत काकरभिट्टादेखि धरानसम्म बन्ने ३१ वटा पुलको सामुहिक रूपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमनत्री ओलीले आजै औद्योगीक र्पाकमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभामा ५० हजार भन्दा बढी मान्छे उर्ताने आयोजकले दाबी गरेका छन् । पछिल्ला राजनीतिक घटनाक्रमपछि प्रधानमन्त्री ओली पहिलो पटक गृह जिल्ला आउन लागेका हुन् । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x