प्रमुख समाचार

ओलीको ‘झापा मोह’ : ३ दिन, २ दौडाहा

दिन बिराएर किन झापा पुग्दैछन् प्रधानमन्त्री ?

लीलावल्लभ घिमिरे |
फागुन १८, २०७७ मंगलबार ९:१८ बजे

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि झापा पुग्न लागेका छन् । ओली मंगलबार बिहान ११ बजे झापाको भद्रपुर विमान स्थलमा अवतरण गर्ने गर्दैछन् । 
विर्तामोडमा रहेको पूर्वाञचल क्यान्सर अस्पतालको उद्घाटन गर्न उनी एक दिनको अन्तरमा फेरि झापा नै आउन लागेका हुन् ।

३ सय शैयाको उक्त अस्पतालका सञ्चालक दुर्गा प्रसाई हुन् । ओली र पुष्पकमल दाहाललाई घरमा वोलाएर मार्सी चामको भात खुवाएका प्रसाईं त्यसपछि चर्चामा आएका हुन् । यसअघि उनको १ सय शैयाको क्यान्सर अस्पताल सञ्चालनमा आइसकेको छ । 


प्रधामन्त्री ओलीले आजै विर्तामोड नगरपालिका ७ मा निर्माण भएको सुकुम्बासी बस्तीको हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । एकृकित वस्तीमा ३७ घर निर्माण भएका छन् । उक्त घर सुकुम्बासीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । 

त्यस्तै मंगलबार नै प्रधानमन्त्री ओली मोरङको उर्लावारी पुग्ने भएका छन् । यहाँ निर्माण हुन लागेको एकृकित सन्थाल बस्ती विकासको शिलान्यस गर्ने कार्यक्रम रहेको छ । त्यसपछि विराटनगर विमान स्थलबाट प्रधामन्त्री ओली आजै काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ । आइतबार मात्रै ओली झापा जिल्लामा आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत विभिन्न विकासे योजनाको शिलान्यास र उद्घाटनका लागि आएका थिए ।  


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x