प्रमुख समाचार

प्रधानमन्त्रीकै ज्यानको खतरा छ भने सुरक्षाको पहल नेकपाले गर्छ : माधवकुमार नेपाल

'कांग्रेससँग मिलेर अघि बढ्न सकिन्छ'

लीलावल्लभ घिमिरे |
फागुन १८, २०७७ मंगलबार १३:५० बजे

फाइल तस्बिर

विराटनर  : नेकपाका दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसलाई प्रधानमन्त्री दिएर अघि बढ्न सक्ने संकेत गरेका छन् । सोमबार प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने, ‘कांग्रेससँग सहमति गरेर अघि बढ्न सकिन्छ । हामीलाई नै प्रधामन्त्री चाहीन्छ भन्‍ने हैन् ।’

नेता नेपालले नेपालका प्रमुख तीन पार्टी नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीबीच बसेर छलफल गरेर अघि बढ्ने वताए । ‘जनता समाजवादी पार्टीले के निर्णय गर्छ हेरौं,’ उनले भने, ‘त्यसपछि कांग्रेस र हामी बसेर छलफल गरेर सहमती गछौं ।’ नेता नेपालले  कांग्रेसलाई कि तपाईहरु अविश्वासको प्रस्ताव दर्ता गराउनु होस् सँगै जाउ कि हामी दर्ता गछौं सँगै जाउ भनेर भनि सकेको बताए । 


‘कहाँ मैले सुने ज्यानकै खतरा छ भन्‍ने सुनेँ बिचार गर्नु पर्‍यो है सुरक्षा व्यवास्था गर्नुपर्छ । प्रधानमन्त्रीकै ज्यानको खतरा छ भने प्रधामन्त्रीको सुरक्षा पहल नेकपाले गर्छ' उनले भने ।  यो देशकै प्रधामन्त्री असुरक्षीत हुनु भनेको खतराको कुरा भएको उनको भनाइ छ । ओलीले सोमबार पोखरामा भएको सभालाई सम्बाेधन गर्दै आफूमाथि सुरक्षा थ्रेट भएको बताएका थिए ।

सदनमा दर्ता भएको अविश्वासको प्रस्ताव के हुन्छ भन्‍ने सञ्चारकर्मीको प्रश्नमा नेता नेपालले भने, ‘अस्ती दर्ता भएको अविश्वासको प्रस्तावका बारेमा हामीले भन्‍ने कुरा भएन । त्यो हामीले संसद सचिवालयमा दर्ता गरी सकेका छौ । सर्वोच्च अदालतको फैसला आएको छ । त्यो फैसलाले त्यस अघिका सबै कुरा शून्य हुने हो भने त्यसको अर्थ नरहला त्यसबारेमा आधिकारी कुरा भन्‍न सक्ने अवस्था भएन् । त्यो संसद भित्रको कुरा हो त्यो संसद सचितवालयले नै मिलाउने कुरा भयो ।’

 उनले निर्वाचन आयोगले नै नेकपाको आधिकारिक आफ्नै समूह भएको दाबी पनि गरे । ‘हामीले आयोगलाई प्रष्ट चिठी लेखेर पठाएका छौँ । दाबा गरेर पठाएका छौँ नेकपा अधिकारीक हामी नै हौँ। र निर्वाचन आयोगले नै एउटा के कुरा मानी रहेको छ भने ४४१ जना केन्द्रीय कमीटीका मान्छे नै निर्णायक हुन भनी सकेको छ,' उनले भने, 'त्यसको बहुमत हामीसँग छ । हामीले जे जे चाहीने हो त्यो सबै लगि दिन्छौं ब्लड टेष्ट चाहीन्छ कि, खकार टेष्ट चाहीन्छ कि, पास्पोट चाहीन्छ कि, नागरिकता चाहिन्छ कि, ड्राइभिङ लाइसेन्स चाहीन्छ कि ? (मेरो फेला भएको छ लाइसेन्स)  छ त्यो पनि बुझाउछौं ।’ नेता नेपाल स्व. भारतमोहन अधिकारीको दोस्रो स्मृति सभामा सहभागि हुन विराटनगर आएका हुन् । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x