नक्कली परीक्षार्थी बनेर प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ
धनगढी : कञ्चनपुरमा शनिबार भएको प्रहरी जवानको परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुमा सञ्चालन भएको प्रहरी जवानको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रव्श पत्रमासमेत फोटो परिवर्तन गरी हस्ताक्षरसमेत कृर्ते गरी नक्कली परीक्षार्थी बनेर परीक्षा दिने २२ जनालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका- ३ का १८ वर्षीय अविनास चौधरी, दार्चुलाको मार्मा गाउँपालिका-३ का १८ वर्षीय गोकुल धामी, बझाङको मष्टा गाउँपालिका- ४ का अजय कठायत, तल्कोट गाउँलिका- ३ का लोकराज जोशी, दार्चुलाको मार्मा गाउँपालिका-६ का दिनेश महरा रहेका छन् ।
यस्तै कैलारी गाउँपालिका-६ का लेखराज चौधरी, धनगढी उप-महानगरपालिका- ४ का विपिन चौधरी, ५ का लक्ष्मण चन्द, तल्कोट गाउँपालिका- १ का दिनेश खाती, मष्टा गाउँपालिका-३ का बलराम कठायत, मष्टा-४ का कमल कठायत, कैलारी-३ का विषाल चौधरी, टीकापुर नगरपालिकका- ४ का सागर बोहरालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
धनगढी-५ का सागरबहादुर देउवा, तल्कोट-३ का नविन जोशी, थलारा-३ का शिवराज नेपाली, दुर्गाथली-५ का कृष्ण कठायत, तल्कोट-३ का नविन जोशी, विक्रम बोहरा, मष्टा-४ का प्रविन कठायत, बुगल-७ का बिमल बोहरा र २२ जीवन बोहरा पक्राउ परेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया