प्रमुख समाचार

रावलले भने : प्रधानमन्त्री कुन पार्टीका ?

इकागज |
फागुन २३, २०७७ आइतबार १७:४३ बजे

काठमाडौँ : सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको अबको स्थिति के हो आफूहरूले थाहा पाउनु पर्ने बताएका छन् । आइतबारबाट सुरु प्रतिनिधि सभा बैठकमा सांसद रावलले भने, 'जसले प्रतिनिधि सभाको हत्या गर्‍यो उसको स्थिति के हो ? त्यो हामीले थाहा पाउनु पर्दैन ।' 

उनले प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभालाई ब्युँताउने सर्वोच्च अदालतको फैसलालाई कानुनी हो कि राजनीतिक भनेर प्रश्‍न गरे । उनले भने, 'प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने अदालतको फैसला कानुनी फैसला हो कि राजनीतिक फैसला ?'


रावलले लोकतन्त्रमा अध्यादेशबाट शासन गर्ने प्रक्रिया कति उचित हो ? भन्‍ने प्रश्न पनि गरे । 
आइतबार सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिएपछि सत्तारुढ दल नेकपा होइन भने प्रधानमन्त्री कुन पार्टीका हुन् भनेर प्रश्न गरे । 'यदि सत्तारुढ दल नेकपा होइन भने अहिलेको प्रधानमन्त्री कुन पार्टीका हुन् । अध्यादेश ल्याउनुभन्दा अगाडि भन्‍नुपर्छ,' रावलले भने । 

उनले सरकारको तर्फबाट आउने अध्यादेश कुन पार्टीको सरकारले ल्याएको हो प्रष्ट हुनुपर्ने बताए । उनले सरकार र प्रधानमन्त्रीको दृष्टिकोष यसबारे स्पष्ट हुनुपर्ने बताए । 


Author

थप समाचार
x