प्रमुख समाचार

रघुजी पन्तविरूद्ध कोमल वलीले हालिन् मुद्दा

इकागज |
फागुन २५, २०७७ मंगलबार १२:५८ बजे

काठमाडौँ : राष्ट्रिय सभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्‍जतीको मद्दा दायर गरेकी हुन् । 

नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए । सो टिप्पणीको सबैतिर तीब्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफूलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरूको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको वलीले बताइन् ।


नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीमाथि लैंगिक हिंसा भएको उनको भनाइ छ । ‘उहाँले माफी माग्नुभएको छैन,’ उनले भनिन्, ‘मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले मसँग माफी माग्नुभएको छैन । र यस्ता शब्दहरू प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यसकारण मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरूको मान प्रतिष्ठामा चोट पुगेको हुनाले मुद्धा दर्ता गर्दैछु ।'  अदालतले जे निर्णय गरे पनि त्यसलाई आत्मसात् गर्ने उनले बताइन् ।


Author

थप समाचार
x