प्रमुख समाचार

प्रिमियर लिग

टोटनहमको अग्रपंक्तिसँग डराएको आर्सनल

इकागज |
चैत १, २०७७ आइतबार ६:२१ बजे

काठमाडौँ :  आर्सनलले प्रिमियर लिगमा आइतबार(आज) टोटनहमको सामना गर्दैछ । लन्डन डर्बीमा दुई टिम इमिरेट्स रंगशालामा भिड्दैछन् । यी दुई टिमबीचको खेलले उपाधि दौडमा फरक पार्ने छैन । तर टोटनहमले शीर्ष चारमा पर्ने लक्ष्यलाई कायम राख्‍ने हो भने उसका लागि जित आवश्यक छ ।

उता आर्सनलको नजर भने युरोपा लिगमा छनौट हुन आवश्यक पर्ने स्थानतर्फ छ ।  । दुई लन्डन टिम अंक तालिकाको मध्यक्रममा रहे पनि, इमिरेट्समा निस्कने नतिजालाई नजरअन्दाज गरिने छैन ।
 
खेलअघि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटा बढी सर्तक देखिएका छन् । टोटनहमको अग्रपंक्ति बलियो भएकाले आफ्ना खेलाडीहरू सचेत हुनुपर्ने उनको भनाइ छ । टोटनहमले यस सिजन सबै प्रकारको प्रतियोगितामा गरी एक सय दुई गोल गरेको छ । युरोपका पाँच ठूला लिग खेल्ने क्लबमध्ये टोटनहम भन्दा बढी गोल गर्ने क्लब बार्यन म्युनिख मात्रै हो । 


ह्यारी केनको अलाबा सन ह्युङ मिन र ग्यारेथ बेल रहने अग्रपंक्तिले इमिरेट्समा टोटनहमको जित बलियो बनाउने सम्भावनालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ । ‘टोटनहमसँग खेल्न एकदमै ग्राहो हुनेछ । किनभने उनीहरूको अग्रपंक्तिमा खतरनाक फरवार्डहरू छन् । सायद टोटनहमको अग्रपंक्ति युरोपकै सबैभन्दा बलियो मध्येको एक हो,’ आर्टेटाले भने । 

टोटनहमले यस सिजन सबै प्रकारको प्रतियोगितामा गरी एक सय दुई गोल गरेको छ । युरोपका पाँच ठूला लिग खेल्ने क्लबमध्ये टोटनहमभन्दा बढी गोल गर्ने क्लब बार्यन म्युनिख मात्रै हो ।

केन, सन र बेलले लिगमा कुल ३४ गोल गरेका छन् । केल एक्लैको नाममा १६ गोल र १३ असिस्ट रहेको छ भने सनले १३ गोल र नौ असिस्टको योगदान गरेका छन् । 

‘टोटनहमका फरर्वाडहरू थोरै मौकामै खेल जिताउन सक्षम छन् । उनीहरूको तालमेल पनि राम्रो छ । त्यसकारण टोटनहमलाई रोक्ने रणनीति बनाउन सजिलो छैन,’  आर्टेटाको भनाइ थियो ।

आर्टेटाले टोटनहमको अग्रपंक्तिबारे चिन्ता गरिरहँदा उनलाई आफ्नै रक्षापंक्तिले पनि निराश बनाएको छ । आर्सनलले पछिल्ला १२ मध्ये ११ खेलमा गोल खाएको छ । ‘हामीले विपक्षीलाई धेरै मौका नदिए पनि गोल खान भने रोकिएको छैन । त्यसकारण हामीले आफ्नो रक्षा रणनीतिमा काम गर्न जरुरी छ । यदि हामीले सकरात्मक भएर खेल्ने हो भने, विपक्षीलाई रोक्न सकिन्छ,’ आर्टेटाले भने । 


 


Author

थप समाचार
x