प्रमुख समाचार

'खोपको समस्या हुँदैन, थप खोप छिट्टै आइपुग्छ'

इकागज |
चैत १, २०७७ आइतबार १०:१७ बजे

काठमाडौँ : कोभिड-१९ विरुद्धको खोप अभियान जारी राख्‍न सरकारले अक्सफोर्ड सहकार्यमा सिरम इन्स्टिच्युट अफ इन्डियाले तयार गरेको कोभिसिल्ड खोप थप भित्र्याउने तयारी गरेको छ । उक्त खोप आगामी एक महिना भित्र नेपाल आइपुग्‍ने पनि मन्त्रालयले जनाएको छ । नेपाललाई अन्य मुलुकको दाँजोमा प्राथमिकता राखेर भारत सरकारले त्यहाँको कम्नीमा हस्तक्षेप नै गरेर भए पनि उपलब्‍ध गराएको मन्त्रालयको बुझाइ छ ।  

कम्पनीले यही महिनाभित्र बाँकी रहेको १० लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएसँगै उक्त खोप चैतभित्रै नेपाल आउने भएको हो । भारतले यसअघि नै १० लाख डोज अनुदानमा उपलब्ध गराएको छ । त्यसपछि २० लाख डोज खोप सहुलियत दरमा खरिद गरेको छ । खरिद गरिएको मध्ये १० लाख डोज नेपाल भित्रिएर ६५ वर्ष उमेर नाघेकालाई लगाउने काम भइरहेको छ ।


खोपको समस्या नहुने तर यहाँ खोपको लागि विचौलियाहरुले खेलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बनताउँदै आएका छन् । उनले विचौलियाहरूको पहुँचले केही समस्या परेको भए पनि सरकारले खोपको अभाव हुन नदिने उनले बताए । सरकारले सहज ढंगले सहुलियत दरमा खोप लगाइराखेको भएपनि सत्ताका केही व्यक्ति रिझाएर महंगोमा खोप खरिद गर्नेहरु लागि परिरहेको मन्त्री स्वयंले बताएका छन् ।

नेपालले सहुलियत दरमा खरिद गरेको बाँकी १० लाख डोज पनि भारतबाट आउने क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्‍व स्वास्थ्य संगठन डब्लुएचओको कोभ्याक्स कार्यक्रम मार्फत पनि करिव साढे तीन लाख डोज कोभिसिल्ड नेपाल आइसकेको छ । त्यसबाहेक थप १९ लाख डोज पनि एक महिना भित्र आउने भनिएको छ ।

अन्य खोप नेपालले खरिद गर्दै जानेछ । त्यसको लागि प्रक्रिया अघि बढेको र काम भइरहेको जानकारी मन्त्रालयले दिएको छ । भारतले १० लाख अनुदानमा र कोभ्याक्सले साढे तीनलाख अनुदानमा दिएको खोप आएपनि चीनबाट दिने भनिएको अनुदानको खोप आझै नेपाल भित्रिएको छैन । 
 


Author

थप समाचार
x