अर्थ / बाणिज्य

मूल्य समायोजन नगरे उडान सेवा बन्द गर्ने चेतावनी

मूल्य-समायोजन-नगरे-उडान-स

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:० बजे

काठमाडौँ– वायुसेवा सञ्‍चालक संघले नेपाल आयल निगमले मूल्य समायोजन नगरेमा हवाई उडानसेवा बन्द गर्न चेतावनी दिएका छन् । निगमले मूल्य समायोजन नगरेमा संघले इन्धन खरिद नगर्नेसमेत चेतावनी दिएको छ ।

संघलाई बढी व्ययभार पर्ने भएकाले हवाई उडान सेवा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने संघका अध्यक्ष रामेश्‍वर थापाले बताए ।
त्यसैगरी हवाई इन्धनमा दश रुपैयाँ भन्दा बढी नाफा नलिन आग्रह गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै १० रुपैयाँ मात्र नाफा लिएर मूल्य समायोजन माग गरेको छ ।

’नेपाल आयल निगमले २०७८/११/ १९ मा प्रकाशित प्रेस विज्ञप्ति अनुसार हवाई इन्धन आन्तरिक तर्फ रु २३ रुपैयाँ ८ पैसा लिएको देखिएकाले हवाई इन्धनमा मौखिक सहमति अनुसारर रु १० रुपैयाँ भन्दा बढी नाफा नलिने गरी मूल्य समायोजन गर्न अनुरोध गरिन्छ,’ संघले जारी विज्ञप्‍तिमा उल्लेख छ ।

हवाई इन्धनको मूल्य वृद्धि हुनु भनेको सञ्चालन खर्च वृद्धि हुनु हो,’ उनले भनेका छन्,’ इन्धनको मूल्य बढ्नसाथ हवाई यात्रुको संख्या घट्ने छन् । यस्तो अवस्थामा खर्च धान्न गाह्रो हुन्छ । सरकारलाई तिर्ने राजश्‍व र रोजगारीसमेत प्रभावित हुनेछ ।’



Author

थप समाचार
x