Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

प्रमुख समाचार

अमेरिकाले ६२ लाख डोज फाइजर खोप दिने

अमेरिकाले-६२-लाख-डोज-फाइज

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:० बजे

काठमाडौँ- अमेरिकाले नेपाललाई ६२ लाख डोज फाइजर खोप दिने भएको छ । कोभ्याक् मार्फत ६२ लाख डोज खोप नेपाल ल्याइने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिए ।

उनका अनुसार अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यही चैत ११ गते (२५ मार्च) सम्ममा नेपाल आउने जानकारी प्राप्त भएको छ । त्यसैगरी बाँकी रहेका खोप भने विभिन्न चरणमा वैशाख ५ गतेभित्र अप्रिल १८ मा ल्याइने छ ।

उनले विभिन्न चरणमा गरी १५ लाख डोज मात्राका दरले खोप नेपाल आयात गरिने जानकारी दिए । अमेरिकाले थप ३० लाख डोज खोप पनि दिनसक्ने उनले बताए । यो खोप १२ वर्षभन्दा माथिका लागि प्रयोग गरिने चौरासियाले जानकारी दिए ।

यसअघि अमेरिकाले विभिन्न समयमा खोप सहयोग गरिसकेको छ । जोनसन एण्ड जोनसन र मोर्डना खोप उपलब्ध गराइसकेको छ ।



Author

थप समाचार
x