प्रमुख समाचार

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

कार्यव्यवस्था-परामर्श-सम

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:२ बजे

काठमाडौँ- प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्यसूचीबारे छलफलका लागि बैठक बसेको हो ।

आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन गर्नेबारे दलका नेताहरूबीच छलफल भइरहेको बताइएको छ ।

समितिले महाअभियोग प्रस्तावमाथि छलफल गर्न आवश्यक छ भन्ने ठानेमा मात्र कार्यसूची तय हुनेछ ।



Author

थप समाचार
x