प्रमुख समाचार

कोरोना संक्रमण घट्यो, जोखिम कायमै: स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको आग्रह

कोरोना-संक्रमण-घट्यो-जोख

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:२ बजे

काठमाडौँ – सरकारले कोभिड–१९ संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । पछिल्ला दिनमा कोभिड–१९ संक्रमण, अस्पताल भर्ना हुने दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आए पनि जोखिम कायमै रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले तीव्ररूपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको बताए । अफ्रिकी देशहरूमा खोप अभियान कम सञ्चालन भएका कारण ती देशहरूबाट कोभिड–१९ को नयाँ–नयाँ भेरियन्टहरू जन्मिन सक्ने भएकाले अझै पनि संक्रमणको जोखिम नटरेको उनले बताए।

डा. अधिकारीले संक्रमण कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटि संक्रमण पारिहाल्ने अवस्था रहेको उनले बताए। विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भएपनि अझैपनि संक्रमणको जोखिम धेरै रहेको सहायक प्रवक्ता अधिकारीले बताए ।

आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि बिगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए ।जनस्वास्थ्यको मापदण्डको पालना गर्नाले कोभिड–१९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरुबाट समेत बच्न सकिने भएकाले मापदण्ड परिपालनामा निरन्तरता दिनुपर्ने उनले बताए ।



Author

थप समाचार
x