यस्तो छ मंगलबार बस्ने संसद्को कार्यसूची
काठमाडौँ : प्रतिनिधि सभाको तेस्रो बैठक मंगलबार दिउँसो एक बजे बस्दैछ । संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १०को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
त्यस्तै संविधान सभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि सम्भावित कार्यक्रम सम्बन्धी सूचनामा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया