क्रिकेट

कोहलीको सयौँ टेस्टमा भारत विजयी

कोहलीको-सयौँ-टेस्टमा-भार

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:३ बजे

काठमाडौँ : विराट कोहलीको १०० औँ टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । आइतबार तेस्रो दिनमै मोहलीमा सकिएको पहिलो टेस्टमा भारत एक इनिङ र २२२ रनले विजयी भएको हो । भारतको जितमा रवीन्द्र जडेजाले अलराउण्डर प्रदर्शन गरे । ब्याटिङमा नटआउट १७५ रन बनाएका जडेजाले बलिङमा दुवै इनिङमा ९ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर ५७४ रन बनाएको थियो । भारतका लागि जडेजाले शतकसँगै रिषभ पन्तले ९६, रविचन्दन आश्विनले ६१ र विराट कोहलीले ४५ रनको योगदान दिए ।

श्रीलंकाका लासिथ, सुरुंगा र विश्वले समान दुई दुई विकेट लिए । विशाल योगफल बनाएको भारतले श्रीलंकालाई भने खुलेर ब्याटिङ गर्न दिएन । पहिलो पालीमा श्रीलंका १७४ रनमै अलआउट भयो । दोस्रो पालीमा पनि श्रीलंका १७८ रनमै अलआउट भयो ।

श्रीलंकालाई सस्तैमा अलआउट गर्न जडेजाले पहिलो पालीमा ५ र दोस्रो पालीमा ४ गरि ९ विकेट लिए । यस्तै आश्विनले पहिलो पालीमा २ र दोस्रो पालीमा ४ गरि ६ विकेट लिए । करियरको १०० औँ टेस्ट खेलेका कोहलीलाई भारतीय टिमले ‘गार्ड अफ अनर’ सम्मान दिएको थियो ।



Author

थप समाचार
x