प्रमुख समाचार

तेलको मूल्यमा उच्‍च वृद्धि, गहुँ र मकैको भाउ पनि बढ्‍यो

रुस-युक्रेन-युद्धको-साइड

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:४ बजे

संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच तेलको भाउमा व्यापक वृद्धि भएको छ ।

रुस-युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १३८ डलर पुगेको छ । तेलको मूल्य सन् २००८ यताकै उच्च तहमा पुगेको छ ।

बीबीसीका अनुसार विवरणहरूमा जनाइएअनुसार तेलको मूल्य हालसम्मकै उच्च पुग्ने दिशामा उन्मुख छ ।

युक्रेनमा जारी लडाईँ तत्काल रोकिने कुनै सम्भावना छैन । युरोपलगायत अन्य देशहरूमा धातुका साथै गहुँ, मकैलगायत वस्तुको मूल्यमा पनि व्यापक वृद्धि भएको छ ।



Author

थप समाचार
x