भारतमा विधानसभा निर्वाचन : उत्तराखण्डमा भाजपा अगाडि
काठमाडौँ - भारतीय विधानसभा निर्वाचनमा उत्तराखण्डमा सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) अगाडि देखिएको छ । कुल ७० सिटको लागि भइरहेको मतगणनामा भाजपा ४४ स्थान अग्रता कायम गरेको छ भने ४ सिटमा जीत हासिल गरेको छ ।
भाजपालाई पच्छाइरहेको कांग्रेस १३ स्थानमा अगाडि रहेको छ भने ४ स्थानमा जित हासिल गरेको छ । २०१७ को चुनावमा सो क्षेत्रमा भाजपाले ५७ सिट हासिल गरेको थियो भने कांग्रेसले ११ स्थानमा हासिल गरेको थियो । आम आदमी पार्टी भने भने यस क्षेत्रमा शून्यप्राय: देखिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया