प्रमुख समाचार

भारतीय विधानसभा: उत्तरप्रदेशमा एनडीए गठबन्धन अगाडि

इकागज |
फागुन २६, २०७८ बिहीबार १६:५८ बजे

फाइल फोटो

काठमाडौँ - भारतीय विधानसभा निर्वाचन अन्तर्गत उत्तराप्रदेशको मतगणनामा नेशनल डेमोक्रयटिक एलायन्समा (एनडीए) मतगणनामा अगाडि देखिएको छ । सत्तारूढ दल भारतीय जनता पार्टी, अपना दल तथा निषाद पार्टीको गठबन्धन एनडीए १५ सिट विजयी सहित २५३ सिटमा अग्रता लिएको छ । कुल ४०३ सिटको लागि जारी मतगणनामा सपा गठबन्धन १२९ सिटमा अग्रता देखिएको छ । 

२०१७ को विधानसभामा ३२५ सिट जितेको एनडीए गठबन्धन जारी गणना अनुसार परिणाम आएमा ५७ सिट गुमाउने देखिन्छ । २०१७ मा ७ सिट जितेको कांग्रेस २ स्थानमा मात्रै अगाडि देखिएको छ ।



Author

थप समाचार
x