प्रमुख समाचार

आफन्त बाहेकले मिर्गाैला दान गर्न नपाउने कानुन संशोधन गर्न सरकार तयार

इकागज |
चैत १, २०७८ मंगलबार १२:४५ बजे

काठमाडौँ - मिर्गाैला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परेका बेला आफन्त बाहेकले पनि अंग दान गर्न पाउने कानुनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ । नेपालको कानुनमा रहेको आफन्त बाहेकले मिर्गाैला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गाैला रोगीको उपचार सहज हुनेछ । नेपालमा बढ्दो मिर्गाैला रोगीको उपचार स्वदेशमै सम्भव भएपनि दाता नहुँदा धेरैले प्रत्यारोपको अभावमा ज्यान गुमाउने गरेका छन । आफन्त बाहेकले मिर्गाैला दान गर्न नपाउने कानुन संशोधन गरेमा भने दाताको संख्या उल्लेख्य हुने र मिर्गाैला रोगीका लागि वरदान साबित हुनेछ। 

विश्व मिर्गाैला दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले यस्तो कानुन संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए । आफन्त बाहेकले मिर्गाैला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गाैला रोगीको उपचार अझै सहज हुन उनको भनाई छ ।


मिर्गाैला रोगीका निम्ति जीवनदानका लागि अंगदानमा प्रोत्साहित गर्नुपर्ने किष्ट मेडिकल कलेजका प्राचार्य प्रा. डा. बालमानसिंह कार्की बताउँछन्  । मिर्गाैला दाता नहुँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता कायमै रहेको भन्दै मृत्युपश्चात अंगदानप्रति जनचेतना जगाउनु आवश्यक रहेको डा.दिव्या सिंह शाहले बताए ।

मस्तिष्क मृत्युपश्चात अंगदानलाई सरल र सहज बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयले काम गरिरहेको सचिव डा.रोशन पोखरेलको भनाई छ । कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले उपचारपद्धतिमा विज्ञानप्रविधिले थपेको आयाम प्रयोगले स्वास्थ्य क्षेत्रमा ठूलो विकास भएको बताए। 

उच्च रक्तचाप, मधुमेहजस्ता रोगका साथै तनावग्रस्त जीवनशैली र अस्वस्थ कर खानपिनले मिर्गौला बचाउनु चुनौतिपूर्ण बनेकाले यसतर्फ सतर्क रहनुपर्ने सुझाव चिकित्सकको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र वर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । हालसम्म २५ सय जनामा मिर्गाैला प्रत्यारोपण भइसकेको र ७ हजार जना डायलासिस गराएर प्रत्यारोपणको पर्खाइमा छन ।।


Author

थप समाचार
x