प्रमुख समाचार

मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको बिदाई

इकागज |
चैत ६, २०७८ आइतबार १८:२९ बजे

काठमाडौं– एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बिदाई गरेको छ। 

एन्फाले मुख्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरेर थाइल्याण्ड प्रस्थान गर्ने टोलीलाई बिदाई गरेको हो । नेपाली टोलीले अन्तर्राष्ट्रिय भ्रमण गर्दा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रीपूर्ण खेल्दै छ। 


नेपालले चैत १० गते थाईल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लव चोनबुरीसँग मैत्रिपूर्ण खेल्दैछ । केही अनुभवि राष्ट्रिय खेलाडीबिना तयारी गरेको नेपालले फिफा वरियतामा सुधार हुने गरी प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए । इन्डोनेसिया र जोर्डन जत्तिकै थाइल्यान्ड भएकाले आफ्नो टोली जित या बराबरीका लागि खेल्ने विदाई कार्यक्रममा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए ।

राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका राष्ट्रिय टोलीले थाईल्याण्ड भ्रमण गर्न लागेको हो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्रका खेलाडी विना मैत्रीपूर्ण खेलका लागि टोली बनाएका थिए । नेपाली टोलीले आगामी चैत १० गते थाइल्याण्डको राष्ट्रिय टोली र चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । दुवै खेल चोनबुरीको मैदानमा हुँदैछन् । टोली सोमबार थाइल्याण्ड तर्फ प्रस्थान गर्दै छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । एएफपसी छनोटमा नेपाल  समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन र खेल कुवेतमा हुनेछन् । एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ । जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन् । 
फाेटाे : एन्फा


Author

थप समाचार
x