प्रमुख समाचार

आर्मीका दिनेश र वाग्मतीकी रुबिका च्याम्पियन

इकागज |
चैत ६, २०७८ आइतबार १९:३७ बजे

काठमाडौं– नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पुरुष ५५–६३ केजी फाइनलमा दिनेशले आफ्नै विभागका प्रमोद साहुलाई पराजित गरे ।

आर्मीकै प्रेम मगर तेश्रो भए । सेमिफाइनलमा दिनेशले बाग्मतीका निर्मल तामाङ तथा प्रमोदले आर्मीका प्रेम मगरलाई हराउदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को सहकार्यमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको महिला ४७–५५ केजी उपाधि भिडन्तमा रुबिकाले आर्मीकी हिमा खड्कालाई पाखा लगाइन् । लुम्बिनी प्रदेशकी तेरिया सापकोटाले तेश्रो स्थानमा चित्त बुझाइन् ।


फाइनल यात्रा तय गर्न रुबिकाले एपीएफकी सन्चिता तामाङ तथा हिमाले लुम्बिनीकी तेरियालाई सेमिफाइनलमा पन्छाएका थिए ।

पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ सय, ३ सय र २ सयका दरले अमेरिकी डलर पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।
विजेतालाई खानेपानी मन्त्री उमाकान्त चौधरी, राखेपका उपाध्यक्ष शिव कोइराला लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको पुरुष÷महिलामा १/१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष/महिलामा समान २७ खेलाडी सहभागी थिए ।


Author

थप समाचार
x