प्रमुख समाचार

युएईविरुद्ध बलिङ गर्दै नेपाल, तीन खेलाडी परिवर्तन

इकागज |
चैत ७, २०७८ सोमबार ११:३२ बजे

काठमाडौं – आईसीसी पुरुष क्रिकेट विश्व कप लिग दुई अन्तर्गतको त्रि–कोणात्मक सिरिजमा नेपालले आयोजक युएईविरुद्ध बलिङ गर्दैछ । अघिल्लो खेलमा ब्याटिङ नचल्दा ४८ रनले परजित भएको नेपाल आजको जितको लक्ष्य लिँदै मैदान उत्रिएको छ।

दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर घरेलु टोली युएईविरुद्ध नेपालले पहिले बलिङ गरेको हो । यो नेपालले युएईविरुद्ध खेलेको तेस्रो सिरिज हो । 


अघिल्लो खेलमा कमजोर ब्याटिङका कारा हार व्यहोरेको नेपालले आज तीन खेलाडी परिवर्तन गरेको छ । ब्याटिङ सुधार्नकै लागि नेपालले खेलाडी परिवर्तन गरेको हो।
घरेलु टोली युएईविरुद्ध नेपालले नेपालले ओपनर आसिफ शेख, फास्ट बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा राख्ने निर्णय गरेको छ । उनीहरुको स्थानमा भने विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफ प्लेइङ–११ मा फर्किएका छन् ।

नेपालले १० खेलमा ५ जित निकाल्दै १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । यूएई भने १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ ।  
 


Author

थप समाचार
x