प्रमुख समाचार

रुसी सेनालाई सडकमा रोकेर युक्रेनीले ‘घर जाऊ’ भने

इकागज |
चैत ७, २०७८ सोमबार १२:५ बजे

फाइल तस्‍बिर

काठमाडाै‌ँ- युक्रेनी नागरिकहरुले आइतबार खेर्सन सहरमा रुसी सेनासँग विवाद गर्दै उनीहरुलाई स्वदेश फर्किन आह्वान गरेको भिडियो सार्वजनिक भएको छ । दुई ओटा रुसी सेनाका गाडी आफूहरुतर्फ बढेपछि युक्रेनी सर्वसाधारणले ‘घर जाऊ’ भन्दै अवरोध गरेका थिए । त्यसपछि रुसी सेना आफ्नो गाडी फर्काउन बाध्य भएको थियो ।

रोयर्टसले सार्वजनिक गरेको सो भिडियोमा करिब १०० युक्रेनी नागरिकहरुले रुसी सेनाको सवारी मार्ग अवरोध गरेका थिए । सैन्य सवारी साधनहरू रुसी सेनासँग जोडिएको जेड प्रतीकमा चित्रित थिए । सडक छेउका भवन र पसलहरू गुगल स्याटेलाइट तस्बीरसँग मेल खाएको देखिन्छ ।


युक्रेनी प्रदर्शनकारीसँगको विवादपछि रुसी सवारी केहीबेर घुमेर सो स्थान तत्काल छाडेका थिए । प्रदर्शनकारीहरुमध्ये केहीले युक्रेनको झन्डा लिएका थिए ।  
 

 


Author

थप समाचार
x