युएईविरुद्ध नेपाललाई दोस्रो सफलता
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत युएईविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ । युएईका चिराग सुरीलाई आउट भए । विकेटकपरको हातमा बल परेपछि उनी पवेलियन फर्किए। सुरीले ५४ बल खेल्दै २६ रन बनाएका थिए ।
यसअघि नेपालका कप्तान सन्दीप लामिछानेले युएइका ओपनर ब्याटर मुहम्मद वसिमको विकेट लिए । वसिम ३३ रनमा आउट भएका हुन्। दुबई क्रिकेट रंगशालामा खेल भइरहेको छ ।
नेपालले टस जितेर घरेलु टोली युएईविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको थियो । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग दुई अन्तर्गतको त्रि–कोणात्मक सिरिजमा नेपालले आयोजक युएईविरुद्ध बलिङ गर्दैछ । अघिल्लो खेलमा ब्याटिङ नचल्दा ४८ रनले परजित भएको नेपाल आजको जितको लक्ष्य लिँदै मैदान उत्रिएको छ।
दुबई क्रिकेट रंगशालामा नेपालले टस जितेर घरेलु टोली युएईविरुद्ध नेपालले पहिले बलिङ गरेको हो । यो नेपालले युएईविरुद्ध खेलेको तेस्रो सिरिज हो ।
अघिल्लो खेलमा कमजोर ब्याटिङका कारा हार व्यहोरेको नेपालले आज तीन खेलाडी परिवर्तन गरेको छ । ब्याटिङ सुधार्नकै लागि नेपालले खेलाडी परिवर्तन गरेको हो ।
घरेलु टोली युएईविरुद्ध नेपालले नेपालले ओपनर आसिफ शेख, फास्ट बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई बेन्चमा राख्ने निर्णय गरेको छ ।
उनीहरुको स्थानमा भने विकेटकिपर विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफ प्लेइङ–११ मा फर्किएका छन् ।
नेपालले १० खेलमा ५ जित निकाल्दै १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । यूएई भने १७ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया