प्रधानमन्त्रीलाई पम्फा भुसालको प्रश्न : अहिले पनि जिताहा शासक जस्तो गरेर हिड्ने ?
काठमाडौँ : नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न उठाएकी छन् । पुनःस्थापित संसदको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै भुसालले सरकारलाई प्रश्न गरेकी हुन् ।
उनले आफैँले बनाएको प्रधानमन्त्री र अध्यक्षको सरकारले षडयन्त्रपूर्ण तरिकाले असंवैधानिक काम गरेको आरो लगाइन् । ‘तत्कालीन समयमा आफ्नै पार्टी, हामीले नै बनाएको नेता, प्रधानमन्त्री, अध्यक्ष र सरकारले बडो षड्यन्त्रपूर्ण तरिकाले एकाएक संवैधानिक परिषदेबारे संविधानविपरीत अध्यादेश ल्याउँछ,’ उनले भनिन्, ‘हामीले पार्टीभित्रै प्रतिवाद गर्यौं । विशेष अधिवेसनको आह्वान गर्न गयौं । ६ घण्टासम्म दर्ता गरिएन । त्यसलाई खारेज गर्छु भनेर तीन बुँदे निर्णय गरियो । निर्णयको तीन दिनपछि संविधानमाथि नै कु गरेर विघटन मात्रै गरिएन । स्थायी समितिमा लेखेको मिति नसुक्दै संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरियो । त्यसको पुनर्विचार गर्नैैपर्छ ।’
संधिवानमाथि कु गरेर देशैभरी नौटङ्की सभा गरेको भन्दै उनले ओलीप्रति कटाक्ष गरिन् । ‘संविधानमाथि गरिएको कु का पक्षमा देशैभरी नौटंकी सभा गरेको पनि हामीले देख्यौं,’ उनले भनिन्, ‘प्रतिगमनविरुद्ध सबै तहबाट त्यसको प्रतिवाद र प्रतिरोध गर्ने सबैलाई सम्मान व्यक्त गर्न चाहन्छु ।’
उनले राजनीतिक नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताइन् । विगतका समयमा विभिन्न मन्त्रीहरुले नैतिकताको आधारमा राजीनामा दिएको बताउँदै उनले प्रधानमन्त्रीले राजीनामा नदिएको भन्दै आपत्ति जनाइन् । ‘राजनीतिमा नैतिकता, मूल्य र मान्यता हुन्छ भने, त्यती बेला कानुन मन्त्रीको एक शब्द चिप्लिँदैमा राजीनामा दिन लगाइएको थियो । एउटा अडियो टेप आएपछि एक मन्त्रीले राजनीनामा दिएका थिए राजनीतिक नैतिकताका आधारमा,’ उनले भनिन्, ‘हामीलाई लागेको थियो संसद् पुःस्थापनापछि राजीनामा दिनुहुन्छ होला । अहिले पनि जिताहा शासक जस्तो गरेर हिँड्ने कुराले आम नागरिकमा के पर्छ होला ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया