एमालेले माग्यो लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा
बुटवल – नेकपा एमालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको सात अर्बको भवन ठेक्कामा सेटिङ मिलाएर निर्लज्ज ढंगले प्रक्रिया अघि बढाउने कार्यमा मुख्यमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै एमालले मुख्यमन्त्रीकै तहबाट आर्थिक अनिमियतताको चलखेल भएको बताएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा स्वयं मुख्यमन्त्री केसी नै सेटिङमा सहभागी भई सरकारलाई डेढ अर्ब नोक्सान पु¥याउन संलग्न भएको भन्दै एमालले मुख्यमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ ।
एमालले लुम्बिनी प्रदेश संसदीय दलले बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा जुन मापदण्ड तयार गरियो, त्यबेलादेखि नै सेटिङ रहेको प्रष्ट भएको जनाएको छ ।
एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री केसी पदमा बसिरहन नैतिक रुपले नमिल्ने ठहर गर्दै तत्काल पदबाट राजीनामा दिन आग्रह गरे । सरकारका क्रियाकलाप निरन्तर विवादास्पद हुँदै गर्दा प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयालाई हटाएर अनन्तराम घिमिरेलाई नियुक्त गरिएपछि विवादास्पद क्रियाकलापको शृङ्खखला सुरु भएको एमालेको आरोप रहेको छ ।
विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा २ हजार वर्गमिटरभन्दा बढीको २ तले बेसमेन्ट बनाएको हुनुपर्ने, नेपाली कम्पनीले एक्लै प्रतिस्पर्धा गर्ने ६ हजार वर्गमिटरमा २ तले बेसमेन्ट निर्माण गरेको अनुभव हुनुपर्ने जस्ता प्रावधानले डबल बेसमेन्ट अस्पताल बनाएका निजी कम्पनीहरु टेण्डरमा सहभागी हुनबाट बन्चित गरिएको र भिन्ली मककडिकेटड फ्लोरिड काम गरेको हुनुपर्ने, १० जनाभन्दा बढी अट्ने लिफ्ट जडान गरेको योग्यता हुनुपर्ने विषय पनि शंकास्पद र औचित्यहीन देखिएको एमालेले जनाएको छ ।
साथै प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेले राजीनामा दिँदा सार्वजनिक गरेको प्रेस विज्ञप्तिले धेरै विषयलाई स्पष्ट पारेको एमालले जनाएको छ । प्राधिकरणका कार्यकारी अधिकृत घिमिरेले अस्पतालको भवन निर्माण ठेक्कामा विषयमा असन्तुष्टी जनाउँदै दलालको महा दलाल नबन्ने भन्दै राजीनामा दिएको घोषणा गरेका थिए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया