प्रमुख समाचार

प्रचण्डलाई भेटेर डल्‍लाकोटीले भने- परिबन्दमा परेर बालकोट पुगेँ अब माओवादीमै फर्किन्छु

इकागज |
चैत २३, २०७८ बुधबार १२:२८ बजे

काठमाडौँ- एमालेमा प्रवेश गरेकै भोलिपल्ल्ट माओवादीमै फर्किएका धादिङ रोराङ बेनिघाट गाउँपालिका अध्यक्ष हरि डल्लाकोटीले परिबन्दले आफू एमालेमा प्रवेश गर्न पुगेको बताएका छन् । 

माओवादी त्यागेर एमाले प्रवेश गरेको भोलिपल्टै फेरि उनी माओवादीमै फर्र्किएका हुन् । माओवादीमा फर्किएको घोषणा गरेपछि बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी खुमलटारमा पुगे । 


खुमलटार पुगेर डल्लाकोटीले अध्यक्ष प्रचण्डसँग आफू परिबन्दमा परेर बालकोट पुगेको भए पनि पुनः माओवादीमै फर्किएको जानकारी दिएका छन् । 

एमालेमा प्रवेश गर्नु आफ्नो गल्ती भएको भन्दै उनले एमालेमा गएपछि आफ्ना कार्यकर्ता र जनताले दुई दिनसम्म सुत्नसमेत नदिएको प्रचण्डसामु बताएका छन् ।

अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले गरेको कुराकानी उद्धृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्षज्यु, केही मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो । तर मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्, सुत्न नि दिएनन् । मैले आज मेरा कार्यकर्ता र जनताप्रति  गर्व गर्छु । र, म दुई दिनमै घर फर्केको छु ।’  

डल्लाकोटीको भनाइपछि अध्यक्ष प्रचण्डले जवाफ दिए, ‘गल्ती गरेँ भनिसक्नु भो । अब काममा फर्कनुस् ।’


Author

थप समाचार
x