डब्लुएचओका महानिर्देशक टेड्रोस नेपाल आउँदै
फाइल तस्बिर
काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्। स्वास्थ्य सचिव रोशन पोखरेलले गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्ने जानकारी दिए ।
उनकाअनुसार टेड्रोस तीन दिनसम्म रहने छन् । उनीसँग रिजनल डाइरेक्टर पनि आउने छन् ।
नेपालमा रहँदा उनले स्वास्थ्य क्षेत्रका उच्च अधिकारीसँग भेटघाट गर्नेछन् । मुख्य कुरा कोभिडले नेपालमा पारेको प्रभाव र नियन्त्रण गर्न खेलेको भूमिकाको बारेमा जानकारी गराउने कार्यक्रम रहेको पोख्रेलले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया