प्रमुख समाचार

बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त

इकागज |
चैत १०, २०७७ मंगलबार १०:५७ बजे

धनगढी : बसको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की क्षेत्र तनावग्रस्त भएको छ । मंगलबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा बसको ठक्करबाट लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको हो । उनको मृत्युपछि स्थानीयले टायर बालेर प्रर्दशन गरिरहेका छन् । 

उनीहरुले ट्राफिक प्रहरीले लम्की चोकमा राखेको गोलघर जलाएका छन् भने ईलाका प्रहरी कार्यालयमा ढुङगा प्रहार गरेका छन् । मृतकको शव पनि ईलाका प्रहरी कार्यालय अगाडि राखेर स्थानीयले प्रदशन गरेका छन् । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । 


जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत थापाले तनाव बढेपछि बल प्रयोग गरेको बताए । उनका अनुसार ठक्कर दिने बस र बर्दोगोरिया गाउँपालिका-१ का चालक ३१ वर्षीय पुष्प कडेँललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएको छ । 


Author

थप समाचार
x