गौरीफन्टा नाकाबाट भित्रिएका ११ जनामा काेभिड संक्रमण
गौरीफन्टा नाकामा स्वाब संकलन गरिँदै ।
धनगढी : भारतका विभिन्न शहरबाट गौरीफन्टा नाका हुँदै कैलाली प्रवेश गरेका ११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । पछिल्लो ४/५ दिनको अवधिमा गौरीफन्टा नाका भएर कैलाली प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि भएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले ११ जनामा संक्रमण देखिएको पुष्टि गरे । भारतबाट फर्किरहेका नेपालीमा संक्रमण देखिन थालेपछि सतर्कता बढाइएको उनले बताए । कोभिड संक्रमणको जोखिम बढ्दै गएपछि आज जिल्ला प्रशासन कैलालीले आदेश जारी गर्ने तयारी पनि गरेको छ ।
प्रजिअ रिजालले होली पर्वमा भीडभाड नगर्न पनि निर्देशन दिने तयारी भइरहेको बताए । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया