प्रमुख समाचार

कार र ट्रक ठोक्किँदा दुईको मृत्यु, तीन घाइते

इकागज |
चैत ११, २०७७ बुधबार २०:५३ बजे

भरतपुर  : चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुङ्गामा बुधबार अपराह्न कार र ट्रक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् । दिउँसो ४:२५ बजे भरतपुर महानगरपालिका-२९ स्थित दासढुङ्गामा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको आइचर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६८५९ नम्बरको कार एकापसमा ठोक्किएका थिए । 

दुर्घटनामा कारमा सवार तनहुँ स्याम्घा नगरपालिका-४ का २८ वर्षीय धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षीय रामकृष्ण भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । थापाले दुवैको घटनास्थलमै मृत्यु भएको बताए ।  


दुर्घटनामा परी कार चालक लमजुङ मध्यनेपाल नगरपालिका-७ का ४२ वर्षीय पदम सापकोटा, स्याङ्जा बिरुवा गाउँपालिका-३ का ४२ वर्षीय प्रसाद थापा र तनहुँ ब्यास नगरपालिका-६ का ४० वर्षीय जसमान परियार गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x