नेपाल चिकित्सक संघद्वारा दुई दिने बिदा निर्णयको स्वागत
काठमाडौँ – नेपाल चिकित्सक संघले सरकारले जेठ १ गतेबाट दुई दिन बिदा निर्णय गरेकोमा स्वागत गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै साताको सातै दिन ड्युटी गर्दा परिवारलाई समय दिन नपाएको उल्लेख गरेको छ ।
'आफ्नो काममा व्यस्त रहनु परेको छ । बिरामीलाई सेवा दिन पर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनु परेको थियो,' विज्ञप्तिमा लेखिएको छ ,' नेपाल सरकारको निर्णयले स्वास्थ्य क्षेत्रमा लागू हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास संघले गरेको छ ।'
गत बिहीबार सरकारले साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । आगामी जेठ १ गते बाट कार्यान्वयनमा आउने गरी सरकारले उक्त बिदा दिइने निर्णय गरेको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया