प्रमुख समाचार

लुम्बिनीका दुई सांसदलाई माओवादीले सोध्‍यो २४ घण्‍टे स्पष्टीकरण

इकागज |
चैत १२, २०७७ बिहीबार १९:४६ बजे

बुटवल : नेकपा माओवादी केन्द्रले आफ्ना २ जना प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । केन्द्रले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने र दिनेश पन्थीलाई दल त्यागेको सूचना आएको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो । 

दलका सचेतक तुलाराम घर्तीले प्रेस नोट जारी गरेर माओवादी केन्द्रकातर्फबाट निर्वाचित भएका प्रदेशसभा सदस्यहरू न्यौपाने र पन्थीले दल त्यागगरी अर्को दलमा प्रवेश गरेको भन्ने जानकारी आएकाले २४ घण्टे स्पष्टीकरण पत्र पठाईएको उल्लेख गरेका छन् ।


न्यौपाने र पन्थी संसद विघटनपछि नेकपा ओली समूहमा लागेका थिए । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताइदिएपछि नेकपा एमालेमै रहने घोषणा गरेका थिए । न्यौपाने रुपन्देहीको निर्वाचन क्षेत्र १ क र पन्थी गुल्मीको २ क बाट निर्वाचित सांसद हुन् ।  


Author

थप समाचार
x