आईजीपी नियुक्ति निर्णयविरुद्धको पोखरेलको रिटमा आज सुनुवाइ
काठमाडौँ- नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध परेको रिटमा आज बुधबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।
सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वाेच्चले सुनुवाइका लागि आज बुधबार मिति तोकेको थियो ।
वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेको दाबीसहित पोखरेल गत सोमबार सर्वोच्च पुगेका हुन् । सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए । मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया